काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै छ । पाँच दिनसम्म चल्ने यो सम्मेलनको नारा ‘क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास’ राखिएको छ ।


ADVERTISEMENT


सम्मेलन अवधिभर बिभिन्न कार्यपत्र पेस हुने छन् । नेपालले मात्रै तीनवटा कार्यपत्र पेस गर्ने प्राधिकरणले जनाएको छ । सम्मेलनमा ४३ देशका दुई ९१ प्रतिनिधि, २६ प्रवर्द्धक संस्था र अन्य सहभागी गरी करिब चार सय विदेशीको सहभागीता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने सम्मेलनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा ओलुमोयीवा बनार्ड अल्यूले पनि सम्बोधन गर्ने छन् । उनी नेपाल आइसकेका छन् ।

एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत गरिने छ ।