काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरियतामा झलनाथ खनाल माधब नेपाल भन्दा माथि रहने भएका छन्।


ADVERTISEMENT


नेकपाको सचिवालय बैठकमा आईतबार बरिष्ठ नेताहरूको मर्यादाक्रममा पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


यसअघि दुबैलाई बरिष्ठ नेता भनिएको थियो भने मर्यादाक्रममा नेपाल अघि थिए।

सचिवालय सदस्य खनालले पार्टी विधानअनुसार आफू वरिष्ठ नेता हुनु पर्ने भन्दै १५ महिनाअघि नै पार्टी सचिवालय बैठकमा लिखित असहमति दर्ता गरेका थिए ।

शुक्रबारको सचिवालय बैठकमा समेत खनालले आफूलाई पहिलो नम्बरमा राख्नु पर्ने प्रस्ताव दोहोर्याएका थिए ।

पार्टी एकताताका नेता खनाल चीन हुँदा उनी भन्दा अघि नेपाललाई राखेकोमा नेकपाले त्यसलाई सच्याएको हो ।