काठमाडौँ – पूर्व युवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी अधिकारीमाथि हातपात गरेका छन् । आफ्ना छोरा हृदयन्द्र शाह र भान्जालाई प्रहरीले अपमान गरेको भन्दै उनले बर्दी लगाएका प्रहरीमाथि हातपात गरेका हुन् ।


ADVERTISEMENT


थाल्याण्ड जान लागेकी आमा कोमललाई विदाई गर्न गएका पारसले आइतबार दिउँसो विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेका थिए । विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीलाई सार्वजनिक स्थानमै दूव्र्यवहार गरेको भन्दै अहिले उनको आलोचना भइरहेको छ ।


ADVERTISEMENT

# # #


पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा पारसले सई खत्रीलाई बाँया हातले छातीमा समातेर धकलेको देख्न सकिन्छ । एकपटक धकलेर पर पुगिसकेपछि पनि उनी फेरि आएर दुर्व्यवहार गर्ने प्रयास गरिरहेका थिए । तर, अन्य व्यक्तिले रोकेपछि प्रहरीलाई चार औँला तेर्स्याउँदै फर्किएका थिए ।

पूर्व रानी कोमललाई पुर्याउन गएका केही राजावादीहरुले विमानस्थलमै ‘राजतन्त्र जिन्दावाद’ भन्दै नारा लगाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारमात्रै राजतन्त्र चिहानमा पुगिसकेकाले फेरि फर्केर आउने सपना नदेख्न राजावादीहरुलाई चेतावनी दिएका थिए । तर, प्रधानमन्त्रीले चेतावनी दिएकै दिन विमानस्थलमा यस्तो दृश्य देखिएको हो ।