धनुषा– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT


एक प्रश्नको जवाफमा उनले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेको बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफलीभूत पार्न क्रियाशील हुने बताए ।


ADVERTISEMENT

# # #


यस्तै उनले प्रदेश २ को सरकार भ्रष्टाचारमा लिप्त भएकै कारण यहाँका जनता अहिलेसम्म सुशासनको अनुभूति समेत गर्न नसकेको दाबी गरे । ‘तपाईंहरू प्रदेश सरकारको भ्रष्टाचार र कुशासनविरूद्ध प्रश्न गर्नुस्’, अध्यक्ष प्रचण्डले प्रदेश २ का जनतालाई आह्वान गर्दै भने।