काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी अधिकारीमाथि हातपात गरेका पूर्व युवराज पारस शाहमाथि छानबिन थालिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएपछि छानविन सुरु भएको हो ।


ADVERTISEMENT


पारसले आइतबार अपरान्ह विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई हातपात गरेका थिए । डिउटीमा खटिएका प्रहरीलाई सार्वजनिक स्थानमै दूव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमार्फमा आलोचनासहित पारसलाई कारबाही गर्न माग गरिएको थियो ।


ADVERTISEMENT

# # #


थाल्याण्ड जान लागेकी आमा कोमललाई विदाई गर्न गएका पारसले आइतबार आफ्ना छोरा हृदयन्द्र शाह र भान्जालाई प्रहरीले अपमान गरेको भन्दै उनले बर्दी लगाएका प्रहरीमाथि हातपात गरेका थिए।

पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा पारसले सई खत्रीलाई बाँया हातले छातीमा समातेर धकलेको देख्न सकिन्छ । एकपटक धकलेर पर पुगिसकेपछि पनि उनी फेरि आएर दुर्व्यवहार गर्ने प्रयास गरिरहेका थिए । तर, अन्य व्यक्तिले रोकेपछि प्रहरीलाई चार औँला तेर्स्याउँदै फर्किएका थिए ।

पूर्व रानी कोमललाई पुर्याउन गएका केही राजावादीहरुले विमानस्थलमै ‘राजतन्त्र जिन्दावाद’ भन्दै नारा लगाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारमात्रै राजतन्त्र चिहानमा पुगिसकेकाले फेरि फर्केर आउने सपना नदेख्न राजावादीहरुलाई चेतावनी दिएका थिए । तर, प्रधानमन्त्रीले चेतावनी दिएकै दिन विमानस्थलमा यस्तो दृश्य देखिएको हो ।