काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार सिंगापुर जाने भएका छन्।


ADVERTISEMENT


यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का सिंगापुर उड्न लागेको उनको नीजि सचिवालयले पुष्टि गरेको छ।


ADVERTISEMENT

# # #


यसअघि ओली सिंगापुर जाने खबर विभिन्न सञ्चारमाध्यमहरुमार्फत् बाहिरिएतापनि ओलीको सचिवालयले भने इन्कार गर्दै आएको थियो।

‘यसपालीको उपचारमा प्रधानमन्त्रीलाई केही नयाँ औषधी चलाइएको थियो, त्यसको प्रभाव कस्तो छ भनेर जानुपर्ने थियो तर समय निश्चित थिएन। अब भने उहाँ पाँच गते सिंगापुर जाने टुंगो लागेको छ’, प्रधानमन्त्री निटक स्रोतले भन्यो।

प्रधानमन्त्रीको यसपालीको बसाईं कति लामो हुन्छ भन्ने एकिन भने भइसकेको छैन। सिंगापुरको नेशलन युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका ओलीलाई अस्पतालले यसअघि नै केही समय बसेर औषधिको प्रभाव हेर्न आग्रह गरेको थियो।

तर ओलीले फेरि आउने भन्दै आफूलाई नेपाल फर्किन दिन आग्रह गरेपछि अस्पताल सहमत भएको उनी निकटहरुले बताएका छन्।

गत साउन २७ गते नेपाल आएका ओलीले राजनीतिक सक्रियता तीब्र पारेर नेकपाभित्र केही महत्वपूर्ण निर्णय गरेका छन्।

‘आइतबार र सोमबार दुई दिन लगातार बसेको मन्त्रीपरिषद् बैठकबाट पनि सरकारमा अड्किएका कतिपय विकास निमार्णका कामका फाइल अघि बढाउने निर्णय भएको छ’, मन्त्रीपरिषद्का एक सदस्यले भने।

प्रधानमन्त्री ओलीले पार्टी एकीकरण प्रक्रियाका बाँकी काम सक्न मंगलबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक पनि बोलाएका छन्।

यसपाली सिंगापुर उड्नुअघि आफ्ना कारण पार्टी र सरकारको काम नअल्झियोस् भन्ने उदेश्यले प्रधानमन्त्रीले महत्वपूर्ण सहमतिहरु गरेको उनी निकट नेताले बताए।