काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार सिंगापुर जाने भएका छन्।


ADVERTISEMENT


यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का लागि सिंगापुर उड्न लागेकोप्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको यसपालीको बसाईं कति लामो हुन्छ भन्ने यकिन नभएको जनाईएको छ ।

सिंगापुरको नेशलन युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका ओलीलाई अस्पतालले यसअघि नै केही समय बसेर औषधिको प्रभाव हेर्न आग्रह गरेको थियो।