काठमाडौं – काठमाडौं महानगरपालिका–१६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेल सहित ३ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका–५ का जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका-३ का ५ अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका–११ का सुजन पौडेल रहेका छन् । प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


नयाँ बजारमा अवैध रुपमा रक्तचन्दनको तेल कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा जित बहादुर लामाको कोठा खानतलासी गर्दा प्लाष्टिकको बोराले बेरेर लुकाई छिपाई राखेको २ वटा सिल्भरको गाग्रीमा रहेको उक्त तेल फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।