काठमाडौं – भारतीय विदेशमन्त्री सुव्रमन्नयम जयशंकरले प्रधानमन्त्री केपी शर्माओलीसंग भेटवार्ता गरेका छन् । बुधबार मात्रै नेपाल आएका उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् ।


ADVERTISEMENT


काठमाडौंस्थित भारतीय दूतावासले जानकारी गराएअनुसार सो भेटघाटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


उनी नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौँ आएका हुन् । संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुँदैछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन् । बैठकमा द्वीपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुनेछ ।

जयशंकरलाई परराष्ट्र सचिव शंकर दास वैरागी र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।