काठमाडौँ– सामाखुसीमा असार ३० गते १३ वर्षकी बालिका सत्या सापकोटा सडक पार गर्दा ढलमा बगेपछि उक्त स्थानमा अहिले काठमाडौँ महानगरपालिकाले फलामको बार लगाएको छ । फेरिपनि कोही त्यससरी नबगोस् भनेर यो बार लगाइएको हो ।


ADVERTISEMENT


स्कुलबाट फर्किँदै गरेकी बालिका यसरी सडकको नालीमा बगेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि गत साउन १ गते प्रधानमन्त्री देउवाले सडक, खानेपानी, विद्युत आयोजना लगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई  बोलाएर सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका थिए ।


ADVERTISEMENT

# # #


त्यसपछि महानगर र सरोकारवाला निकायले अहिले तिव्रताका साथ काम सुरु गरेका छन् ।