काठमाडौँ – सेप्टेम्बर पहिलो सातादेखि नेपालमा सुरु हुने साफ यू–१८ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् ।


ADVERTISEMENT


प्रतियोगिताका सबै खेल हलचोकस्थित एपीएफ मैदानमा हुनेछन् । प्रतियोगितामा नेपालसहित भारत, भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागिता जनाउँदैछन् । ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । जहाँ भुटान र माल्दिभ्स रहेका छन् । समूह बी मा बंगलादेश, भारत र श्रीलंका रहेका छन् ।


ADVERTISEMENT

# # #


माल्दिभ्ससंग नेपालले असोज ३ गते (सेप्टेम्बर २०) एपीएफ मैदानमा अपरान्ह ३ बजे खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसंग सेप्टेम्बर २२ मा खेल्नेछ ।