बाजुरा – बाजुरामा अवैध मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बडिमालिका नगरपालिका वडा नं. ८ र ९ का होटेल र पसलमा राखिएका घरेलु मदिरा र मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरिएको हो ।


ADVERTISEMENT


विभिन्न समयमा चेकजाँच गर्दा फेला परेको २ हजार २ सय ६५ लिटर मदिरा र कच्चापदार्थ प्रहरी कार्यालयमा राखिएको थियो । शुक्रबार उक्त मदिरा नष्ट गरिएको प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सामुदायिक सेवा केन्द्रका अध्यक्ष, आमा समुहका अध्यक्ष, स्थानीय तथा पत्रकारहरूको रोहवरमा कार्यालयको परिसरमा उक्त मदिरा नष्ट गरिएको हो ।