एजेन्सी – दक्षिण अमेरिकाको ब्राजिलमा अवस्थित अमेजन जंगल करिब दुई हप्तादेखि जलिरहेको छ । विश्वलाई चाहिने २० प्रतिशत अक्सिजन उत्पादन गर्ने भएकाले ‘अमेजन रेन फरेस्ट’लाई विश्वको फोक्सोका रुपमा लिइन्छ ।


ADVERTISEMENT


अमेजनमा दुई हप्तादेखि लागेको आगोले विश्वलाई प्रभावित पार्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । डढेलोले अमेजन, रोडान्निया र साओ पाओलोमा अध्यारो छाएको छ । डढेलोबाट ब्राजिलको २७०० किलोमिटर क्षेत्र प्रभावित भएको छ । डढेलोले वन्यजन्तु सखाप पारेका विभत्स दृश्यहरु पनि बाहिरिएका छन् ।


ADVERTISEMENT

# # #


यहाँ यो वर्ष सुरु भएदेखि नै करिब ७३ हजार पटक आगो लागिसकेको छ ।

डढेलोको दोषी ब्राजिलका राष्ट्रपति ?

वातावरणसम्बन्धी काम गर्ने संस्था तथा अनुसन्धानकर्ताले ब्राजिलको जङ्गलमा त्यसलाई फडानी गरेर जमिन उपयोग गर्न चाहनेहरुले डढेलो लगाएको दाबी गर्छन् । जसलाई व्यापारीलाई समर्थन गर्ने ब्राजिलकै राष्ट्रपतिले प्रोत्साहन गरिरहेका छन् ।

‘यीमध्ये धेरै डढेलोले मानिसले नै सल्काएका हुन्,’ गैरनाफामुलुक संस्था अमेजोन वाचका निर्देशक क्रिस्टियन पोइरिर भन्छन् । सुख्खा मौसममा समेत ओसिलो रहने अमेजोनको (रेन फरेस्ट) घना जङ्गलमा सजिलै आगो नसल्कने उनको भनाइ छ । त्यहाँ क्यालिफोर्निया र अस्ट्रेलियामा जस्तो सुख्खा झाडीयुक्त जमिन छैन ।

किसान र पशुपालकहरुले जङ्गल नष्ट गरेर जमिन बनाउन आगोको प्रयोग गर्दै आएको बताउँदै उनले यही कारणले अहिले अमेजोनमा असामान्य तवरले ठूलो संख्यामा डढेलो देखिएको बताए ।

ब्राजिल स्पेस अनुसन्धान केन्द्र(आइएनपिई)ले गत वर्षको भन्दा ८० प्रतिशतले डढेलो बढेको बताएको छ । त्यसको सबैभन्दा बढी अमेजोन क्षेत्रमा देखिएको छ । जुन स्थानीय वातावरण र पर्यावरणका लागि विपत्तिको रुपमा अथ्र्याइएको छ ।

के हो अमेजनको महत्व ?

अमेजन जंगल ५५ लाख वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यो युरोपीयन युनियनमा आवद्ध देशको क्षेत्रफलभन्दा करिब डेढ गुण बढी हो भने भारतभन्दा पनि डेढ गुण नै ठूलो छ ।

यसले विश्वलाई चाहिने २० प्रतिशत अक्सिजन उत्सर्जन गर्छ भने अमेजन जंगलमा १६ हजारभन्दा बढी प्रजातीका बोटविरुवा रहेका छन् । अमेजन जंगलमा करिब ३९ हजार करोड रुखविरुवा रहेका छन् ।
यस्तै यहाँ २५ लाखभन्दा बढी किराफट्यांग्राहरुका प्रजाती रहेका छन् ।

अमेजनको जंगलमा ४ सयदेखि ५ सयसम्म स्वदेशी आदीवासी जनसंख्या रहेका छन् । जसमध्ये करिब ५० प्रतिशत जनसंख्याले बाहिरको कुनै दुनियाँ देखेका छैनन् । अमेजनमा विश्वमा पाइने वन्यजन्तुमध्ये १० प्रतिशत यहाँ रहेका छन् । अनुसन्धानका अनुसार यहाँ प्रत्येक ३ दिनमा एउटा नयाँ प्रजातकिो वन्यजन्तु फला गर्ने गरेका छन् ।

अमेजन क्षेत्रले विश्वकाप तापमान नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेको छ । यसले पानी, खाना, काठ र औषधीमात्रै दिएको छैन, कार्बन उत्सर्जनलाई कम गर्दै जलवायू परिवर्तनका असरहरु कम गर्न पनि उत्तिकै योगदान दिएको छ ।  विश्वको २० प्रतिशत स्वच्छ पानी यही क्षेत्रमा रहेको छ भने दक्षिण अमेरिकामा ५० प्रतिशत वर्षा अमेजन क्षेत्रले नै गराउँछ ।