काठमाडौं – नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुवै प्रकारका सुनको मूल्यमा आईतबार प्रतितोला १२ सय रुपैयाँले बढोत्तरी भएको छ ।


ADVERTISEMENT


आज (आइतबार) का लागि सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यो अहिलेसम्मकै बढी मूल्य हो । यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय पुगेको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो ।


ADVERTISEMENT

# # #


सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज एकै तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।