एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १५ अगस्टमा डिस्कोभरि च्यानलको चर्चित साहसिक कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’मा प्रस्तोता वियर ग्रिल्सका साथ देखिए । विश्वको सबैभन्दै धेरै हेरिने शो मध्येको एक ‘म्यान भर्सेस वाइल्ड’मा मोदी सहभागी ‘एपिसोड’ झन चर्चित बन्यो ।


ADVERTISEMENT


शोमा मोदी र ग्रिल्सले भारतको एक राष्ट्रिय निकुञ्जमा यात्रा गरे । मोदीले हिन्दीमा र गिल्सले अंग्रेजी भाषामा आ–आफ्ना अनुभव साटासाट गरे । शो सकिएपछि भने एउटा प्रश्न उठेको छ । आखिर गिल्सले मोदीको हिन्दी कसरी बुझेका थिए ?


ADVERTISEMENT

# # #


यस प्रश्नको जवाफ स्वयम् मोदीले दिएका छन् । उनले बताएका छन् ‘धेरैले जान्न खोजेका छन् कि बियरलाई हिन्दी कसरी आयो ? के शो सम्पादन गरिएको हो वा केही पटक पुनः खिचिएको हो ? तर, त्यसो होइन । म र ग्रिल्सकोबीच प्रविधिको भूमिका महत्वपूर्ण थियो । ग्रिल्सको कानमा एउटा वायरलेस डिभाइस राखिएको थियो । जसले तीव्र गतिमा हिन्दीलाई अंग्रेजीमा अनुवाद गरिरहेको थियो ।’