एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


लिभरपुललाई शानदार जित दिलाउनको लागि मोहम्मद सलाह नयाक बने । उनले खेलमा दुई गोल गरे भने जोएल माटिप एक गोल गरे । खेलको ४१औं मिनेटमा जोएल माटिपको गोलमा लिभरपुल अग्रता लिएको थियो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा एक गोलको अग्रता लिएको लिभरपुरले दोस्रो हाफको शुरुमै पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनायो । आर्सनलमा डिफेन्डर डेभिड लुइजले सलाहलाई लडाएपछि प्राप्त पेनाल्टीमा सलाह आफैले गोल गरेका थिए ।

५८औं मिनेटमा सलाहले फाविन्होको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलाई ३–० गोलको अग्रता बनायो । खेलको ८५औं मिनेटमा लुकास टोरेराले गोल गर्दै आर्सनलले सान्तवन गोल फर्काको । त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन ।

लिभरपुलले यसअघि नर्विच सिटीलाई ४–१ ले तथा साउथह्याम्पटनलाई २–१ ले हराएको थियो । आर्सनलको यो पहिलो हार हो । आर्सनलले यसअघि न्यु क्यासलमाथि १–० को तथा बर्नलीमाथि २–१ को जित निकालेको थियो ।

लगातार तेस्रो जितसँगै लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित आर्सनल समान ३ खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।