काठमाडौँ– चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा यही साउन २० गते पुनः निर्वाचन हुने भएको छ ।


ADVERTISEMENT


निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकबाट निर्वाचन मिति तोकिएको हो । निर्वाचनको लागि आजैबाट मौन अवधि सुरु भएको छ । अवधिमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।


ADVERTISEMENT

# # #


नेकपा एमालेका प्रतिनिधिहरुले २१ गते चुनाव गराउन प्रस्ताव गरेको थियो । तर, कांग्रेस, माओवादी लगायत दलका नेताहरुको सुझावमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले २० गते नै चुनाव गराउने निर्णय भएको जानकारी गराएका छन् ।

सर्वोच्च अदालतले भरतपुर महानगर–१९मा पुनः मतदान गर्नुपर्ने निर्वाचन आयोगले दिएको निर्णयलाई सदर गर्दै आइतबार फैसला गरेको थियो । हिजो सोमबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतलाई वडा नम्बर १९ का सम्पूर्ण मतदान केन्द्रको मतदान रद्द गरी पुनस् मतदानका लागि यथाशीघ्र मिति तोक्न निर्देशन दिएको थियो ।

वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय निर्वाचनअन्तर्गत मतगणना चल्दै गर्दा मतपत्र च्यातिएपछि भरतपुर महानगरको निर्वाचन अन्योलमा परेको थियो । महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवाली र कांग्रेस(माओवादी गठबन्धनबाट माओवादी उम्मेदवार रेणु दाहाल प्रतिस्पर्धामा छन् ।