काठमाडौँ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा न्यायिक हिरासमा रहेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई धरौटीमा छाड्न अदालतले प्रारम्भिक आदेश दिएको छ ।


ADVERTISEMENT


सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।  अब तीनै जनाले बाहिरै रहेर आफ्ना अधिवक्तामार्फत बाहिरबाटै मुद्दा लड्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । बहसपछि रवि लामिछानेलाई ५ लाख, युवराज कँडेललाई ३ लाख र रुकु कार्कीलाई साधारण तारेखमा रिहाई गर्न अदालतले आदेश दिएको हो ।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पत्रकार रवी लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।

त्यही भिडियोलाई आधार मानेर लामिछानेसहित तीनै जना अघिल्लो विहीबारदेखि प्रहरी हिरासतमा पुर्याइएको थियो ।