काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी एक वर्षका लागि कार्यक्रम घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले आगामी एक वर्षसम्म गर्ने १४१ कार्ययोजनाहरु सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


सार्वजनिक योजनाहरुमा पर्यटन प्रवर्द्धन, नागरिक उड्डयन सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।


ADVERTISEMENT

# # #


के छन् मन्त्रीका योजनामा ?

प्राथमिकतामा ‘भ्रमण वर्ष २०२०’

मन्त्रालयद्वारा सार्वजनिक प्राथमिकताका कार्यहरुमा भ्रमण वर्षलाई प्रमुख लक्ष्य र योजनाका रुपमा राखिएको छ । नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्राउन प्रमुख १० वटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रमको खाका पेश गर्ने र सो बमोजिम प्रवर्द्धन कार्यक्रम संचालन गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालबाट बाहिरिने पर्यटकको भिजा स्टाम्पिङ, ब्यागेज स्टिकर र बोर्डिङ पासमा ‘भिजिट नेपाल २०२०’को लोगोसहितको  स्कटिर राख्ने व्यवस्था मिलाउन अध्यागमन विभाग र सम्बन्धित विमान कम्पनीसँग आवश्यक समन्वय गर्ने मन्त्रालयको योजना छ ।

विमानस्थल व्यवस्थापन र स्तरोन्नती

मन्त्रालयले सार्वजनिक गरेका कार्यक्रममा सातै प्रदेश राजधानीका विमानस्थललाई कम्तिमा ७० सिट भन्दामाथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नती र विकास गर्ने, सबै प्रदेशका राजधानी जोडिने गरी निजी विमान कम्पनी र नेपाल एयरलाइन्सबीच छलफलबाट अन्तरप्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहन गर्ने मन्त्रालयको योजना रहेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौंको नजिक रहेको रामेछाप विमानस्थलको स्तरोन्नती गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य २०१९ डिसेम्बरभित्र सम्पन्न गर्ने र अर्को तीन महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक कुरआनको पुर्वतयारी गर्ने मन्त्रालयको योजनामा उल्लेख छ ।

यस्तै पोखरा क्षेत्रीय विमानस्थलको काम समयमै सम्पन्न गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बाराको निर्माणकार्यमा शीघ्रताका लागि लगानी बोर्डसँग छलफल गरी लगानीको मोडालिटी तयार गर्ने, टंगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने वृक्षरोपणका लागि क्षेत्र पहिचान गर्ने लगायतका योजना पनि मन्त्रालयको रहेको छ ।

यस्तै मन्त्रालयले लुम्बी क्षेत्रको विकास र प्रवर्द्धन, पशुपति क्षेत्रको विकास र विस्तारका कार्यहरु र जानकी मन्दिर लगायतका देशभरका सांस्कृतिक धरोहरको विकास गर्ने योजना रहेको छ ।

हेर्नुहोस् यस्ता छन् १४१ निर्णय