काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रबिधि सल्लाहकार अस्गर अलीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक बस्दा गोपनियतामा कुनै खतरा नरहेको बताएका छन् ।


ADVERTISEMENT


सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री ओलीले सोमार टेलिप्रिजेन्समार्फत् मन्त्रिपरिषद बैठक गरेकोमा त्यसको गोपनियतामाथि प्रश्न उठेकोमा सूचना प्रविधि सल्लाहकार अलीले भर्चअल प्राईवेट नेटवर्क– भिपिएन मार्फत् प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच सम्पर्क भएकोले बैठकको गोपनियताको सुरक्षाबारे चिन्ता नलिन आग्रह गरे ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भनाई सार्वजनिक गर्दै सल्लाहकार अलीले भिडियो कन्फ्रेन्समार्फत गरिएको बैठक सामान्य स्काइप, फेसबुक वा युट्युबलाइभ जस्तो नभई पूर्ण सुरक्षित रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘हिजो टेलिप्रिजेन्स मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ । यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न भीपीएन ( भर्चअल प्राईवेट नेटवर्क) प्रयोग गरेका छौं ।

सम्मानीयज्यूले सिंगापुरबाटट्रान्सफर भएको सुचना सर्वप्रथम इन्साइक्रिप्ट हुन्छ । इन्साइक्रिप्ट डाटा क्लाउडमा जान्छ । क्लाउड बाट टीपी सर्भर (टेलिप्रिजेन्स) ले उक्त डाटाग्रहण गर्छ । त्यसपछि पुनः डीक्रिप्ट हुन्छ र अन्तिममा एक्सन रुम काठमाडौँमा प्राप्त हुन्छ । यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ । त्यसकारण सूचना पुर्णतः सुरक्षित रहन्छ ।

सुरक्षा गोपनियताको आचारसम्हिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन । साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आंट गर्न सक्दैन । यसलाई सामन्य स्काइप कल, फेसबुक लाइभ वा युट्युब स्ट्रिमिङ जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ ।’