काठमाडौं – भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ ।


ADVERTISEMENT


भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिकको विजेता बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।


ADVERTISEMENT

# # #


कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए ।

जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । र, नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जितसँगै नेपालले शीर्ष दुईमा रहदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

तेस्रो स्थानमा झरेको बंगलादेशको पनि ३ खेलबाट ६ अंक रहेको छ । अब नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।