काठमाडौं – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१८ बस्ने कागेश्वरी नगरपालिका घर भएका २८ वर्षीय सुमन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०७१ कार्तिक १० गतेको फैसलाले ४ वर्ष ५ महिना १ दिन कैद ठहर भई फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो । खड्काले विवाह गर्छु भनी ललाईफकाई घरायसी आर्थिक अवस्था कमजोर भएकी १५ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारी पटकपटक जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उक्त सजाय तोकेको थियो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको उक्त व्यूरोले जनाएको छ ।