काठमाडौँ – एनआईसी एशिया बैंकले आफ्ना शेयर धनीलाई वोनश तथा नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


बैँकको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५/०७६ को लागि प्रति शेयर १० (१० प्रतिशत) ले हुन आउने रकम रु. ८८ करोड ३४ लाख २२ हजार ८७० शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६५) ले हुन आउने रकम ९७ करोड ६४ लाख १४ हजार ७५१ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीलाई वितरण गरिने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकिङ्ग क्षेत्रमा तरलतामा देखिएको चुनौतीपूर्ण अवस्थाको बावजुद पनि बैंकले आर्थिक वर्ष ०७५/०७६ मा प्रति शेयर आम्दानी (इपीएस) र शेयर पुँजी तथा कोषमा प्रतिफल (आरओई) क्रमशः रु. ३४.२२ र २२.७३ प्रतिशत आर्जन गर्न सफल भएको छ ।

बैंकले मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४९ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।