काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकाहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


पूर्व घोषणा अनुरुप तरुण दलले गत वर्ष चैत्र १७ गते आएको विनाशकारी हावाहुरीमा परी ज्यान गुमाएका ३१ जनाको परिवारलाई बिहीबार १० हजारका दरले सहयोग गरेको हो । नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको कार्यलयमा बिहीबार तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र केन्द्रीय कोषध्यक्ष विध्वान गुरुङले मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त रकम आफ्ना शाखा र व्यक्तिबाट उठेको तरुण दलका काठमाडौँ जिल्ला सचिव दिनेश विक्रम शाहले हिमालय पोष्टलाई जानकारी दिए । उनका अनुसार नेपाल तरुण दलको अमेरिका शाखाले २ लाख, नेपाल तरुण दल दोलखा जिल्ला कार्य समितिले १ लाख १६ हजार र अर्घाखाँचीका सुरज पोखरेलबाट १० हजार सहयोग गरेका छन् ।