काठमाडौं – सुडानमा शान्ति स्थापनाका लागि जाने प्रहरीका लागि सामान खरिद प्रकरणमा भ्रष्टाचारको दोषी ठहर भएका शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


उनलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले निज कै निबास ललितपुरबाट विहीबार साँझ पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


सीबीआईका डीआइजी निरजबहादुर साहीले भारती पक्राउ परेको पुष्टि गरे । निजलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा पेश गरिने उनले जानकारी दिए ।