सुर्खेत – सुर्खेत वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रभित्र दुई दर्जन मृत गाईहरुको थुप्रो फेला परेको छ । वीरेन्द्रनगर नगरपालिलका वडा नं. ४, ७ र १४ को सीमा क्षेत्रमा पर्ने कटकुवामा ती मृत गाईहरु फेला परेका हुन् ।


ADVERTISEMENT


नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको आशंका गरिएको छ। तर, कसले किन खसालेको भन्ने खुलेको छैन । सो क्षेत्रमा दर्जनौं गाईहरु बेवारिसेसमेत छोडेको स्थानीयहरु बजनाउँछन् ।


ADVERTISEMENT

# # #


आठ वटा ट्रकमा ल्याइएका गाई भीरबाट खसालिएको र जंगलमा छाडेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन् । ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

दर्जनौं गाई मरेका छन् भने केही अर्ध मृत अवस्थामा छन् । भीरबाट खसाउँदा २२ वटा गाई मरेका छन् भने केही घाइते छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।