काठमाडौं – नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको ‘जुनको जुनेली’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।


ADVERTISEMENT


सार्वजनिक गीतमा दीपक राज गिरी, केकी अधिकारी, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ, सुपुष्पा भट्ट लगायतलाई देख्न सकिन्छ । गीतमा वसन्त थापा र मीना निरौलाले स्वर दिएका छन् भने संगीत वसन्त थापा र लय राजेन्द्र थापाको रहेको छ ।


ADVERTISEMENT

# # #


यससंगै निर्माण पक्षले फिल्मको रिलिज मिति तोकेको छ । निर्माण पक्षका अनुसार ‘छ माया छपक्कै’ असोज २४ गते रिलिज हुने भएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायत कलाकार मुख्य भूमिकामा छन् ।

चलचित्रले आज रिलिज गरेको गीतमा माधव थापा र मीना निरौलाको स्वर रहेको छ ।