काठमाडौं – कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाई गरिएको छ ।


ADVERTISEMENT


शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो चरणको छनोट खेलको पहिलो खेल खेल्न जाने नेपाली टोलीको बिदाई गरेको हो । नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा ‘अवे खेल’ खेल्नेछ ।


ADVERTISEMENT

# # #


नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल लगायतले बिदाई गरे । नेपाली टोली आइतबार बिहान कुवेत प्रस्थान गर्नेछ ।

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरस् रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्डस् विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ