नवीना लामाले अनेरास्ववियुको नेतृत्व सम्हालेको पनि करिब डेढ वर्ष भइसकेको छ । आठ वर्षपछि भएको स्ववियुको निर्वाचनमा अनेरास्वियु ठूलो विद्यार्थी संगठन बन्न सफल भयो । यो अवधिमा उनको नेतृत्वमा अनेरास्ववियुले के-कस्ता कार्यहरु गर्यो ? उनको कार्यकाल कसरी अगाडी बढिरहेको छ ? निजी शैक्षिक संस्थाले बढाएको चर्को शुल्कको विरोधमा अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले आन्दोलन गरेका थिए । त्यो आन्दोलन अहिले कहाँ पुग्यो ? विद्यार्थी संगठनले उठाएको शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउने निर्णय कार्यान्वयनको कुन दिशामा छ ? वर्तमान राजनीतिक परिवेशमा अनेरास्ववियुको धारणा के छ ? यसका आगामी योजनाहरु के छन् ? लगायतका समसामयिक विषयमा नवीना लामासंग हिमालयपोष्टले कुराकानी गरेको छ । 


ADVERTISEMENT


पछिल्लो समय व्यस्तता कस्तो छ ? अनेरास्वियुद्वारा के कस्ता कार्यहरुहरु सञ्चालन भइराखेका छन् ?


ADVERTISEMENT

# # #


करिब २० वर्षपछि भएको स्थानीय निर्वाचनमा नेकपा एमालेलाई जिताउनका लागि सक्रियताका साथ लागियो । त्यसपछि बाढीपहिरोले विभिन्न ठाउँमा जनतालाई क्षती पुर्याएपछि पीडितहरुको घरमा गएर राहत वितरण गयौँ । त्यसले अलिकती भएपनि मल्हम लगाउने काम गर्यो । त्यस्तै एसईई दिएर बसेका गरिब जेहेन्दार विद्यार्थीको उच्चशिक्षाका लागि रामनाथ ढकाल छात्रवृत्ती वितरण अभियानमा लाग्यौँ । अहिले संगठनको आन्तरिक गतिशीलता र केही साथीहरुलाई जिम्मेवारीको व्यवस्थापन गर्ने कार्यमा लागेका छौँ । त्यसका साथै नेपालको वर्तमान परिस्थितिमा विद्यार्थी आन्दोलन, शैक्षिक आन्दोलनलाई कतातिर लैजाने ? भन्ने विषयमा विशेषगरी वहस, छलफल भइरहेको छ । किनभने मेडिकल क्षेत्रका साथै इन्जिनियर क्षेत्रका विद्यार्थीहरु अहिले सडकमा आन्दोलनरत छन् । अहिले शिक्षाका नाममा व्यापारहरु भइरहेका छन् । पछिल्लो समय शिक्षा क्षेत्र दलाल, माफियाहरुको चङ्गुलमा फस्दैछ । यसलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा अखिलले नयाँ कार्यक्रम घोषणा गर्दैछ ।

तपाईले कार्यकाल सम्हालेको पनि एक वर्ष भइसकेको अहिलेसम्मको अनुभव कस्तो रहेको छ ? यो अवधिमा के-कस्ता कार्यहरु  भए ?

अब, प्रत्येक घटनामा नयाँ-नयाँ अनुभव त हुने नै भयो । किनभने विभिन्न घटनाले नै मान्छेलाई अनुभवमा पूर्ण बनाउने हो । राजनीतिक रुपमा चुनौति त आउँछन् नै । नेतृत्व भनेको सबैभन्दा बढी जिम्मेवार पद हो । सम्बन्धित सबै कुरामा उसको निर्णय महत्वपूर्ण हुन्छ । उसले सबैलाई समेटेर अगाडी लैजानुका साथै संगठनलाई बलियो बनाउन पनि उत्तिकै जिम्मेवारी हुन्छ । मलाई अहिलेसम्म के लाग्यो भन्दाखेरि अखिललाई बलियो बनाउनका लागि, कार्यकर्ताहरुलाई समेटेर अगाडी बढाउनका लागि तथा आम विद्यार्थीहरुमाझ अखिललाई पुर्याउनका लागि मैले एउटा इट्टा थपेको जस्तो लाग्छ ।

यो अवधिमा अखिलले थुप्रै कामहरु गरेको छ । नेपालमा प्रमुख समस्यामा रहेको बेरोजगारीलाई न्युनिकरणका गर्नका लागि इतिहासमै पहिलो पटक हामीले संविधानमा नीति पास गरेका छौँ । यो हाम्रा लागि ठूलो उपलब्धी हो । हामीले भनेको जस्तै सरकारले प्सटु पास गर्नेलाई पाँच लाख, ब्याचुलर पास गर्नेलाई सात लाख र मास्टर्स पास गर्नेलाई तीसलाख शैक्षिक ऋण उपलब्ध गराउने भनेर वर्गीकृत गरेको छैन । यसको कार्यान्वयन लागि हाम्रो आन्दोलन जारी छ । गरिब, पिछडिएका, जनजाती, थारु, कमलरी, उत्पीडित समुदायका १५ जना बालबालिकाहरुलाई छात्रवाससहित पूर्ण छात्रवृद्धिमा पढाइरहेका छौँ । मलाई लाग्छ यो अखिलको जीवनमै नमुना कार्य होला । आठ वर्षसम्म स्ववियुको निर्वाचन हुन सकिरहेको थिएन । स्ववियुबिनाको संगठन अधुरो नै थियो । त्यसलाई गतिशील दिने काम मेरै पालामा भयो ।

त्यतिमात्र होइन अनेरास्ववियुलाई पहिलो संगठन बनाएँ पनि । विश्वविद्यालयको हेलचक्राई, मनपरीतन्त्रले गर्दा अझैपनि थुपै ठुल्ठूला आंगिक क्याम्पसहरुमा स्ववियुको निर्वाचन हुन सकिराखेको छैन । चुनाव हुनुपर्छ भनेर हामीले दबाब दिँदै आएका छौँ । शैक्षिक क्यालेण्डर, छात्रवृद्धि लगायतका थुप्रै कुराहरुलाई कार्यान्वयनका साथ लानुपर्छ भनेर हामी भनिरहेका छौँ । साथै अखिलको विद्यार्थी सहिद पार्क निर्माण गदैछौँ । अखिलमा पुस्तकालय बनाएका छौँ । रत्नपार्कमा विद्यार्थी वेलफेयर सेन्टर निर्माण गर्दै छौँ । यिनै कामहरुमा लागिरहेका छौँ ।

तपाईको नेतृत्वमा अनेरास्वियुमा एकता कसरी अगाडी बढीराखेको छ ? साथै अन्य विद्यार्थीसंगठनसंगको सम्बन्ध कस्तो बनाउनु भएको छ ?

अनेरास्ववियु विद्यार्थीहरुको एउटा बृहत शक्तिशाली संगठन भएकाले २/२ वर्षमा निर्वाचित भएर आएकाहरुको आ आफ्नो विशेषता र क्षमता रहेको हुन्छ । टिमसंग काम गर्न पाउनु एउटा गौरवका साथै अवसरको कुरा हो । यस्तो अवसर सबैले चाहेर पनि पाउँदैनन् । किनकि विद्यार्थीबाट जितेर आउनु पर्छ । सबैमा क्षमता भएकाले त्यसको समाधानका लागि हरेक घटनामा द्वन्द्वात्मक तरिकाले छलफल हुन्छन् । तर्क- वितर्क हुन्छन् । यस्तो बीचमा आफुले नेतृत्व तथा निर्णय गर्न पाउनु राम्रो कुरा हो । अनेरास्ववियु जस्तै क्रियाशील, संस्थागत टिम र विद्यार्थी अन्य सामाजिक न्यायको पक्षमा, राष्ट्रियताको पक्षमा, विकृत शिक्षाका विरुद्धमा अन्य संगठनहरु गम्भीर नभएको जस्तो पनि लाग्छ । किनभने हरेक संगठनमा पार्टीभित्र गुटबन्दी राम्रोसंग संगठन अगाडी बढिराखेको छैन । यद्दपी हाम्रो नेतृव नयाँ आएसंगै नेविसंघको नेतृत्वपनि नयाँ आयो । त्यससंगै क्रान्तिकारीको पनि आयो । तर उहाँहरुमा संगठनलाई केही नयाँ दिँउ, विद्यार्थी आन्दोलनलाई आकर्षण बढाउने भन्नेबारेमा कता कता सोच देखेपनि सक्रियता म देख्दिन । जब संगठन नै थलामा बसेपछि त्यो  नेतृत्वले कसरी संस्थागत निर्णय गर्न सक्छ ? त्यो संगठनले कसरी आन्दोलनको नेतृत्व गर्न सक्छ ? भन्ने प्रश्न चिन्ह पैदा भएको छ ।

अहिले विदार्थी आन्दोलन कहाँ पुगेको छ ? किनभने एकताका हरेक घटनामा सडकमा आगो बल्थ्यो नि ?

देशमा राजनीतिक आन्दोलनको परिवर्तनसंगै विद्यार्थी आन्दोलनको कार्यदिशा पनि परिवर्तन भएको हो । अनेरास्वविुको घोषणापत्रमा त सडकमा टायर बाल्ने, तालाबन्दी गर्ने र र विभिन्न खालका हिंसात्मक गतिविधितिर होइन, सिर्जना, समृद्धि, उन्नती र देशमा लोकतन्त्रको संस्थागत गर्ने कुरामा नै ध्यानदिने कुरामा जोड दिइएको छ । त्यसकारण हामीले बाध्यात्मक परिस्थितिमा पनि तालाबन्दी, झै–झगडा लगायत हिंसात्माक गतिविधिहरु गर्न कलेजहरुमा प्रोत्साहित गरेको छैनौँ । अहिले हामी जतिपनि आन्दोलनमा गएका छौँ, त्यो सरकार, विश्वविद्यालय तथा प्रशासकहरुका कारण नै भएको हो । जब शिक्षा नीति बन्छ तर त्यसको कार्यान्वयन हुँदैन, मनपरि ढङ्गले शुल्क लिइन्छ, शैक्षिक क्षेत्र दलाल, माफियाहरुको चङ्गुलमा फस्छ तब अनि हामी आन्दोलित हुन्छौँ । शान्तिपूर्ण तरिकारले जाँदाजाँदैपनि कहिलेकाहीँ ठोकाठोक गर्नुपर्ने परिस्थिति सिर्जना भइदिन्छ । दबावबिना सरकार, नेतृत्व, प्रशासनलाई सचेत बनाउन, परिवर्तन गर्न सक्दैनौँ । तर दबाब शान्तिपूर्ण हुनु पर्छ भन्ने हाम्रो मान्यता हो ।

वर्तमान समयमा शिक्षा क्षेत्रको खास समस्या के हो ? जसका लागि तर्पाहरु आन्दोलन गर्नुहुन्छ

मैले अघि नै भनेँ, शिक्षा क्षेत्रको प्रमुख समस्या भनेको राज्य र सरकार कमजोर हुनु हो । राज्य यति धेरै भष्ट्रचारी र दलला माफियाको चङ्गोलमा फसेको छ । जसको सबैभन्दा बढी शैक्षिक क्षेत्रमा देखिएको छ । यसलाई परिवर्तन गर्नका लागि आम विद्यार्थी संगठनहरु, शिक्षक, कर्मचारीहरु, सरोकारवाला पक्षहरु असध्यै सक्रिय हुनु पर्छ र परिवर्तनको निम्ति कदमहरु चाल्नु पर्छ । तर यो भइरहेको छैन । शिक्षा विध्येयक आयो । त्यसलाई कार्यान्वयन गर्न सकेन । धेरै विश्वविद्यालयको नियमावली बनेको छैन । सेमेस्टर प्रणालीको कुरा हुन्छ तर त्यसको कार्यान्वयन गर्न सक्दैनन् । मजदुर, गरिब परिवारका छोराछोरीले उच्च शिक्षा पढ्न पाउँदैनन् ।

अझैपनि समाजमा गरिब र धनी, हुने र नहुने बीचको वर्ग विभेद जन्माउने काम राज्यबाट भएको छ । र त्यसकारण जबसम्म राज्य, सरकार बलियो हुँदैन तबसम्म नीति नियमको कार्यान्वयन हुन सक्दैन । यसले गर्दा गरिब, मजदुरका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट बन्चित भइररहेका छन् । संविधानमा भएका प्रावधानहरु हुबहु कायान्वयन गर्नका लागि अनेरास्ववियुले दबाब दिइरहन्छ । कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने, विश्वविद्यालयका शिक्षाहरुलाई अनुसन्धान तथा रोजगारमुलक शिक्षामा परिणत गर्ने कुराहरुमा ध्यान दिनु पर्छ ।

यहाँले एउटा विद्यार्थी संगठनको नेतृत्वको हिसाबमा वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी हेरिराख्नु भएको छ ?

यो त जसले संसद्मा धेरै मत ल्यायो ऊ नै प्रधामन्त्री हुने हो । वर्तमान अवस्थामा जनताले प्रधामन्त्री, मन्त्रीलाई चिन्नै छोडेका छन् । किनकि यो देशमा विकास भइरहेको छैन । राजनीतिक स्थिरता छैन । जनताका आवश्यकता, मागहरु समयमै सम्बोधन हुन सकेका छैनन । यो सरकार सिमित विदेशी दुतावासबाट सञ्चालन भएको जस्तो देखिन्छ । त्यसकारण वर्तमान परिस्थितिको राजनीति भनेको अत्यन्तै राष्ट्रघाती र राष्ट्रवादीबीचको द्वन्द्व चलिरहेको छ । राष्ट्रवादी पार्टीहरुलाई जनताले जिताएर सफल बनाएका छन् । जसको नेतृत्व नेकपा एमालेले गरेकोे छ । त्यसकारण त्यो परिणामलाई स्वीकार गर्न नसक्ने शक्तिहरु जस्तो भरतपुरको घटनालाई पनि लिन सकिन्छ । जनताको मतलाई च्यात्ने शक्तिहरु सक्रिय छन् । हार र जितलाई स्वीकार गर्न नसक्ने लोकतन्त्रको खोल ओढेका शक्तिहरु बढिरहेका छन् । यसको छिनोफानो जनताले नै गरीसकेका छन् ।

यस्तो खालको लोकतन्त्रले राष्ट्रियताको, स्वभिमानको संरक्षण गर्न सक्दैन । नेकपा एमाले राष्ट्रियता, सामाजिक न्याय, जनताको हित र लोकतन्त्रको रक्षा गर्न सक्छ भनेर कांग्रेसका, माओवादीका सामान्य कार्यकर्तामा पनि यस्तााखालका भनाई पाउन सकिन्छ । कांग्रेस र माओवादीले यो देशको समृद्धिर संविधानको कार्यान्वयन गर्न सक्दैन । त्यसकारण हामीले अझ बढी मेहनेत गर्न जरुरी छ । जसका लागि एमालेले तयारी गरिरहेको छ । २ नं प्रदेशमा निर्वाचन नगराएर सरकारले यो देशमा दुर्घटना निम्त्याउँदैछ । नेकपा एमाले सत्ताभन्दा बाहिरै भएपनि देश र जनताको पक्षमा काम गरिरहेको छ ।

आम विद्यार्थी वर्गहरुलाई, राजनीतिका नेतृत्वहरुलाई तथा राजनीतिक दलहरुलाई के भन्न चाहानुहुन्छ ?

अहिले आम जनताले नेकपा एमालेलाई पहिलो पार्टी बनाएका छन् । यसको स्वागत र सम्मानका साथ अघि बढ्नु पर्छ । लोकतन्त्रमा निर्वाचन भनेको अभिन्न अंग भएकाले सबैले हार र जित स्वीकार गर्न सक्नु पर्छ । देश, जनता, राष्ट्रियताभन्दा ठूलो अन्य कुनै शक्ति हुनसक्दैन । पार्टी मात्रैको जित भन्दापनि आम जनताको जित महत्वपूर्ण हुन्छ । संविधान कार्यान्वयनका लागि हामीले कोहीसंग पनि सम्झौता गर्नु हुँदैन । देशलाई समृद्ध बनाउन, राजनीतिक स्थिरता कायम गर्न सबै राजनीतिक दलहरु मिलेर जानु आपरिहार्य रहेको छ ।

तपाई एउटा संगठनको नेतृत्व सम्हालिरहेको भविष्यमा राष्ट्रिय राजनीतिमा सम्भावना बोकेको व्यक्ति पनि हो नेपालका राजनीतिक दलहरुले नेपालमा राजनीतिक मुद्दाहरु सकियो अब आर्थिक समृद्धितर्फ मुलूकलाई लैजानु पर्छ भनिरहेका छन् देशलाई समृद्धितिर लैजानको लागि तपाइले देख्नु भएको मार्ग के हो ?

स्वभाविक रुपमा हामीले राजनीतिक लडाँई लडिसकेका छौँ । यसको नीतिगत ढाँचा तयार भइसकेको छ । हामी त्यसको कार्यान्वयनको चरणमा छौँ । त्यो भनेको निर्वाचन र संविधान कार्यान्वयन नै हो । हामीले सिंहदरबारको अधिकार जनताको घर आँगनमा पुर्याइसकेपछि त्यसको पूर्ण उपयोगतिर लाग्नु पर्यो । समृद्धि भनेको विकास निमार्ण गरेर जनतालाई सुख प्रदान गर्नु हो । सुखी परिवार नै हामीले निर्माण गर्न सक्दैनौँ भने समृद्ध नेपालको पनि निर्माण हुन सक्दैन । त्यसकारण यिनै कुराहरुलाई हामीले क्रमिक रुपमा पूर्ति गर्दै लैजानु पर्छ । व्यक्तिगत र दलगत स्वार्थलाई छोडेर राष्ट्रिय स्वार्थमा लाग्नु जरुरी छ । जुनसुकै पार्टीको सरकार आएपनि राष्ट्रिय गौरवका आयोजना, जनताका आधारभूत आवश्यकताको गुणस्तर वृद्धि गर्दै निरन्तरता दिनु पर्छ ।

यसका लागि मुलूकको कर्मचारीतन्त्र, व्यवस्थापिका, न्यायपालिका, कार्यालिकाहरुले सम्वन्वय गरेर अगाडी जानु पर्छ । र श्रोत अनुसारको, आम्दानी अनुसारको कर प्रणालीको विकास गर्नु पर्छ । किनभने विनोध चौधरी र एउटा सामान्य किसानले एउटै दरमा कर तिर्दा अन्याय हुन्छ । राजनीतिमा युवाको सहभागिता पनि बढिरहेको छ । अहिले पनि कयौँ युवा नेताहरुले देशको विकास गरौँ भनेर २४ सै घण्टा लागिपरेका छन् । यो सकारात्मक कुरा हो । जसले देशलाई समृद्धिको दिशामा लैजान्छ ।