काठमाडौँ – भक्तपुरका एक स्वास्थ्य अधिकृतसहित १२ जनामा डेंगुको संक्रमण देखा परेको छ।


ADVERTISEMENT


भक्तपुर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीसहित १२ जनामा डेंगु देखिएकोमा दुई जनाको भक्तपुरमै र अरूको टेकुस्थित अस्पतालमा उपचार भइराखेको छ।


ADVERTISEMENT

# # #


जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेका अनुसार गत बर्षभन्दा यसबर्ष डेंगुको संक्रमण बढी देखिएको छ। न्यौपानेका अनुसार गत वर्ष तीन जनामा डेंगु देखिएको थियो। डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान सञ्चालन गरिएको उनले बताए। रासस