काठमाडौँ – कतार एयरवेजको जहाज अवतरण गर्ने क्रममा चरासँग ठोक्किँदा ग्राउण्डेड भएको छ।


ADVERTISEMENT


आइतबार बिहान ९ बजेतिर अवतरण गर्नेक्रममा चरासँग ठोक्किएपछि जहाज ग्राउण्डेड गरिएको कतार एयरवेजले जनाएको छ। जहाजको दायाँ इन्जिनमा चराको पखेटा भेटिएको कतार एयरवेजका कर्मचारी अर्पन दुवाडीले बताए।


ADVERTISEMENT

# # #


त्यसपछि कतारबाटै इन्जिनियर मनाइएको छ । उनीहरु अपरान्ह तीन बजे काठमाडौं आइपुग्ने बताइएको छ । इन्जिनियरले जाँचबुझ गरिसकेपछि मात्र जहाज उडाउने योजना रहेको उनले बताए ।