काठमाडौं । संघीय सरकार तथा सात प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल गत भाद्र ८–१४ गतेसम्मका लागि नेपालका महान्यायाधिवक्ताको नेतृत्वले भारतको ७ दिने अवलोकन भ्रमण गरेका छन् ।


ADVERTISEMENT


उक्त भ्रमणको उद्देश्य भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ताबीचको सम्बन्धका साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीचको सम्बन्धको अध्ययन गर्नु रहेको बताईएको छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिमण्डलले भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँ दिल्ली स्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशालामा भाग लिएका छन् । सो प्रतिनिधिमण्डलले भाद्र ११–१३ गतेसम्म गुजरातको भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा गुजरात उच्च अदालतको भ्रमण गरी त्यहाँका महाधिवक्तासँग भेटघाट गर्नुका साथैे गान्धीनगरस्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालयमा (जीएफएसयु) एक दिने कार्यशालामा भाग लिने कार्यक्रम पनि तय भएको छ ।

नेपालका महान्यायाधिवक्ता श्री अग्नि खरेलले भाद्र १० गते भारतीय समकक्षीलाई भेटी आपसी हितको विषयमा छलफल गरेका छन् ।