काठमाडौं । पञ्चकन्या गु्रपले आफ्नो ४७औं वार्षिकोत्सव एक कार्यक्रम आयोजना गरी मनाएको छ । सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाइल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभिइक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीहरुलाई पनि प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरिएको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रममा गु्रपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेको बारे आफ्नो अनुभव बताए भने अन्य संचालकहरुले आफ्नो संलग्नता र ग्रुपको उद्देश्य, दर्शन, भावी कार्य योजना, मूल्य मान्यता र हासिल गरेका उपलब्धीहरु बारे मन्तव्य व्यक्त गरेका थिए । साथै कम्पनीको इम्प्लोइ अफ द इयर विशाल सुराना, मोष्ट प्रोमिसिङ तर्फ विलियम श्रेष्ठ हुन सफल भए ।


ADVERTISEMENT

# # #