काठमाडौं – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र रसियन राजदूत एलेक्जाई ए. नोभिकाओ बीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै उर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो । भेटमा उर्जामन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध ऐतिहासिक कालदेखी नै सुमधुर रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले रसियाले विगतमा पनि पनौती हाईड्रो, पूर्व–पश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसंग आग्रह गरे ।

‘जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १ सय मेगावाटभन्दा माथीको परियोजनाको पिपिए पनि सरकारले गर्छ । यो सन्देश रसियन लगानीकर्तालाई प्रवाह गरिदिनुपर्यो ।’ मन्त्री पुनले भेटमा भने

जवाफमा राजदूत नोभिकोभले उर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लागी वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।