काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी निर्वाचित भएका छन् ।


ADVERTISEMENT


नयाँ नेतृत्वका लागि शुक्रबार भएको निर्वाचनमा अञ्जान थापालाई ८३ मतले हराउँदै सुवेदी टानको नयाँ अध्यक्ष बनेका हुन् ।


ADVERTISEMENT

# # #


सुवेदी समुहका निर्वाचन परिचालन तथा प्रचार प्रसार संयोजक रामशरण थपलियाका अनुसार खसेको मतमा सुवेदीले ५२१ र थापाले ४३८ मत पाएका छन् ।

सुवेदी र थापाले प्यानलसहित उम्मेदवारी दिएका थिए । महासचिव पदमा थापा समूहकी सरिता लामा विजयी भएकी छन् । उनले निकटम प्रतिद्वन्द्वी कर्मा शेर्पालाई १३ मतले पराजित गरिन् ।

नयाँ कार्य समितिको अन्य महत्वपूर्ण पदहरुमा सुवेदी समुहको बर्चश्व छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा थापा समूहकी ङमिादिकी शेर्पा निर्वाचित भएकी छन् ।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना र सुवेदी समूहका चार जना निर्वाचित भएका छन् । थापा समूहबाट ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ निर्वाचित भएका छन् । यसैगरी सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिले जनाएको छ ।

एक हजार ३ सय १९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९ सय ८१ मत खसेको थियो ।