काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बदलिंदो परिस्थितिमा नेपाली सेनाले पनि आफूलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा धारणा राखेका छन् ।


ADVERTISEMENT


पृतनापति समन्वयात्मक बैठक २०७६’ को शुक्रवार शुभारम्भ गर्दै उनले सेना देश विकास तथा जनहित कार्यका लागि प्रसंशनीय रहेकाले यसलाई गौरवपूर्ण ईतिहासमा बदल्न आवश्यक रहेको बताए ।


ADVERTISEMENT

# # #


भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित पृतनापति समन्वयात्मक बैठक २३ गतेसम्म सञ्चालन हुने छ । अन्तर्राष्ट्रिय जगतको सुरक्षा स्थितिको सम्बन्धमा जानकार रही मुलुकको सुरक्षास्थितीको मूल्यांकन गर्नेपर्नेमा उनले जोड दिए ।

रक्षामन्त्री पोखरेलले देशभित्र र वाहिर भएगरेका महत्वपूर्ण उपलब्धी तथा कमिकमजोरीका विविधपक्षको समीक्षा र पुनरावलोकन गरि सेनाका कामकारवाहीलाई थप परिस्कृत बनाउदै लैजान निर्देशन दिए ।

समन्वयात्मक बैठकले भविष्यमा तय गर्नुपर्ने सैनिक संगठनको नीतिका सम्बन्धमा बृहत छलफल र उचित राय सुझाव संकलन गरी सेनालाई थप व्यवसायीक बनाउदै लैजानेमा उनले विश्वास ब्यक्त गरे ।

बैंठक प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सञ्चालन भइरहेको छ । बलाधिकृत रथी शरदकुमार गिरीले सेनाभित्र भईरहेका गतिविधिहरु बारे विस्तृत जानकारी गराए ।