काठमाडौँ – श्रीलंकामा जारी एसिसी यु-१९ एसिया कपअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल खेलिरहेको छ । पहिलो दई खेलमा हार ब्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेको नेपाललाई युएईविरुद्ध जित निकाल्दै विश्वकप छनोटको हारको बदला लिने मौका रहेको छ ।


ADVERTISEMENT


यसअघि गत जुलाईमा मलेसियामा भएको यू-१९ विश्वकप छनोट एशिया क्षेत्रमा युएईले नेपाललाई हराउँदै सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकपका लागि छनोट भएको थियो । वर्षाका कारण नेपालले युएईसंग डीएल मेथडमा एक रनको पराजय भोगेको थियो । नेपाललाई उक्त हारको बदला लिने मौका रहेको छ ।


ADVERTISEMENT

# # #


यता युएई पनि प्रतियोगिताबाट बाहिरिसकेकाले खेल प्रतिष्ठाको लडाईं बन्नेछ । आज नेपालले युएईविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ।

नेपाल र युएईलाई पराजित गरेका श्रीलंका र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्। प्रतियोगिताको समूह ‘ए’ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका थिए। समूहबाट पाकिस्तान र कुवेत बाहिरिएका थिए।