काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले चन्द्रागिरिको भ्रमण गरेका छन्।


ADVERTISEMENT


सोमबार बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरि पुगेका यीले झन्डै डेढ घन्टा चन्द्रागिरि आसपासमा ट्रेकिङ गरेका छन्।


ADVERTISEMENT

# # #


‘केबुलकारबाट माथि पुगेपछि पैदल यात्रा गरी उहाँ घुम्नुभयो’ चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले भने ”नेपालको पर्यटन विकास र पर्यटकहरुको आकर्षणका लागि चन्द्रागिरीले महत्वपूर्ण भूमिका खेलेको भन्दै विदेशमन्त्रीले प्रशँसा गर्नुभयो ।”

चन्द्रागिरीले नेपालको भौतिक विकासमा गतिलो उदाहरण दिएको बताउँदै यीले अन्य क्षेत्रमा पनि उपयुक्त पूर्वाधार बनाएर नेपालले पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा राखे।