काठमाडौँ – मकाउ पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले रौतहट चन्द्रपुर नगरपालिका ३ का बिनोद बस्नेत भनिने राजु केसीलाई सोमबार काठमाडौँको हाँडीगाउँबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


गोर्खा पालुङटार नगरपालिका–०८का रामशरण कोईराला समेतका ६ जना व्यक्तिले बिनोद बस्नेतलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जाहेरी दिएपछि प्रहरीले अनसन्धान गरी उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बस्नेतले काउ वर्किङ भिषामा आकर्षक तलव हुन्छ भन्दै पटक पटकगरी १९ लाख १० हजार गठी गरेका थिए ।


ADVERTISEMENT

# # #


पक्राउ परेका बस्नेतबाट प्रहरीले एकै व्यक्तिको छुट्टाछुट्टै नामबाट (राजु केसीको नामको ०५(५७०५८९ नं। र बिनोद मणि बस्नेतको नामको ०६(४८४७४५ नं।० दुई वटा सवारी चालक अनुमती पत्र समेत बरामद गरेको जनाएको छ ।

उनलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागी मिति २०७६।०५।२४ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको प्रहरीको भनाई छ ।