काठमाडौँ – काठमाडौंको दक्षिणकाली नागरपालिकाका वडा न–९ टल्कु र मकवानपुर जिल्ला इन्द्रसरोबर गाउँपालिका वडा न–४ फाखेलको बिचमा पर्ने हुमाने भञ्ज्याङ् नजिक धनुकी डाँडामा भगवान बामनको मरिन्दर बनाइने भएको छ । यस्तै मान्दिरसंगै देशभरका होचा पुड्का व्यक्तिहरुका लागि नमूना गाउँसमेत बनाइनेछ ।


ADVERTISEMENT


धनुकी डाँडाको अन्दाजी १५ रोपनी जमिनमा फैलिएको सुन्दर पर्यटकीय स्थलमा उक्त कार्य थालनी गरिएको हो । वामन द्ध्वादशीको अवसरमा मंगलबार वामन भगवानको मन्दिरको भुमिपुजन गरिएको छ ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, कलाकार तथा होचापुड्का संघका संस्थापक अध्यक्ष लोकनाथ ढकाल, होचापुड्का महिला संघकि अध्यक्ष सुन्दरी मिश्र, वामनधाम निर्माण समितिका संयोजक कान्छा पाख्रिन लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेयर बस्नेतले अहिलेका पवित्र धार्मिक तिर्थस्थलहरु इतिहासमा कसैले न कसैले बनाएका हुन भन्दै सबैको सहयोगमा वामन भगवानको मन्दिरको निर्माण निर्माण सम्पन्न गरिने बताए ।

उक्त मन्दिर र संरचना निर्माणका लागि दक्षिणकाली नागरपालिका र इन्द्रसरोबर गाउँपालिकाको संयुक्त कार्यसमिति र स्थानीय भद्र व्यक्तिहरुसहितको निर्माण समिती गठन भएको छ ।