काठमाडौँ – फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगिताअन्तर्गत नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको छ ।


ADVERTISEMENT


बिहीबार कुवेत सिटीमा पीडादायी हार आत्मसाथ गरेको नेपालले मंगलबार चाइनिज ताइपेईसँग उसकै घरेलु मैदानमा हराएको हो । नेपालको जितका लागि अन्जन विष्ट नायक बने । नेपालका लागि दुवै गोल उनले गरेका छन्। अन्जनले खेलको चौथो मिनेट र ६२ मिनेटमा गोल गरे।


ADVERTISEMENT

# # #


उनले चौथो मिनेटमा फ्रिकिकमा आएको पासमा हेडमार्फत गोल गरेका थिए। दोस्रो गोल डिबक्सभित्रको देब्रेतिरबाट गरेका थिए।

पहिलो खेलमा कुवेतविरुद्ध ७–० को हार बेहोरेको नेपाललाई ताइपेइविरुद्धको जितले ठूलो राहत दिएको छ ।

नेपाल र चाइनिज ताइपेईबीच पछिल्लो पटक गत जेठमा मैत्रीपूर्ण खेल भएको थियो। सो खेलमा नेपालले ताइपेईलाई उसैको घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकेको थियो।

ताइपेईले पनि छनोटको पहिलो खेलमा हार बेहोरेको थियो। ताइपेईलाई एसियाको बलियो राष्ट्र जोर्डनले २–१ ले पराजित गरेको थियो। समूह बीमा रहेको नेपालले पहिलो चरणको बाँकी २ खेल एक महिनापछि खेल्नेछ।

नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।