काठमाडौँ – नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला सार्वजनिक गरेको छ । असोजबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुनेगरी भद्रगोल टिमले टेलिश्रृंखलाको नाम सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


टेलिश्रृंखलाको नाम ‘सक्किगोनि’ जुरेको छ । भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको समूहले आफ्नै लगानीमा टेलिश्रृंखला ‘सक्किगोनी’ निर्माण गर्न लागेको हो । उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने बताइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि भद्रगोल निर्माण गर्दै आइरहेको मिडिया हबसंग कुरा नमिलेपछि भद्रगोल टिम अलग भएको हो । यता मिडिया हबले भने नयाँ कलाकार राखेर भद्रगोल प्रशारण गरिसकेको छ ।