काठमाडौं – यस खेलमा उनी ‘म्यान अफ द म्याच’ पनि घोषित भएका छन्।


ADVERTISEMENT


सिपिएलमा संदिपले ३ विकेट लिएको यो पहिलो अवसर हो।


ADVERTISEMENT

# # #


उनले लिगको आफ्नो दोश्रो खेलमा बार्बेडोस ट्राईडेन्टसका लागि नेभिस पेट्रिएट्सविरूद्ध ३ विकेट लिएका हुन्।

क्यारेबियन प्रिमियर लिग(सिपिएल)मा नेपाली स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका छन्।सो खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै बार्बेडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८६ रनको जोडेको थियो थियो।

जवाफमा १८७ रनको लक्ष्य पछ्याउन आएको सेन्ट किट्स २० ओभरमा ९ विकेट गुमाएर १६८ रन सिमित भयो र खेल १८ रनले सन्दिपको टोली विजयी बन्‍यो।

बार्बेडोसको लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए।चार ओभर बलिङ गरेका उनले यसक्रममा २२ रन खर्चे।

यस्तै उनका कप्तान जेसन होल्डर र हेडन वाल्सले पनि यस खेलमा समान २/२ विकेट लिए।

सन्दिपले यस खेलमा आफ्नो पहिलो शिकार शाम्राह ब्रुक्सलाई बनाए। उनी क्याच आउट भएका हुन्।

यस्तै दोश्रो विकेटका रूपमा लौरी इभान्सलाई क्याच आउट गराएका सन्दिपले तेश्रो शिकार कार्लोस ब्राथवेटलाई बनाए। ब्राथवेट एलबिडब्लु हुँदै आउट भएका हुन् ।