बुटवल – पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ ।


ADVERTISEMENT


कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो ।


ADVERTISEMENT

# # #


प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहका अनुसार गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । डिएसपी शाहले घट्नावारे अनुसन्धान सुरु भएको बताए । उनले घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको पनि जनाए ।