काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताको निवेदन दिएको हो ।


ADVERTISEMENT


बिहीबार बसेको नेकपा सचिवालय बैठकले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो। एकीकरणपछि गठित दलले उपनिर्वाचनमा पुन स् दल दर्ता गर्नुपर्ने व्यवस्था अनुसार निर्वाचन आयोगले एक महिने सूचना प्रकाशित गरेको थियो।


ADVERTISEMENT

# # #


दल दर्ताका लागि नेकपा निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, सचिव बाबुराम दाहाल, कार्यालय सचिवहरू श्रीराम ढकाल र ईश्वरी रिजाल कागजात सहित आयोग पुगेका थिए।

२०७४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।