काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी बिहिबार नेपाल आएकी हुन् ।


ADVERTISEMENT


उनले बिहीबार साँझ ७ः३० बजे कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना भएको फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी भएकी थिइन् । प्रिमियर अगाडि कुमारी हलमा मिडिया साक्षात्कार गरेकी उनले त्यसपछि फिल्मसमेत हेरेकी थिइन् ।


ADVERTISEMENT

# # #


शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।

फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् । सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् ।
पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।

‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।