लक्ष्मण लम्साल, प्रदेश ३ का सांसद तथा नेकपा नेता


ADVERTISEMENT


तपाई प्रदेश नं ३ को सांसदपनि हुनुहुन्छ । पछिल्लो गतिविधि कसरी अगाडी बढिरहेको छ ?


ADVERTISEMENT

# # #


सांसद भएको करिब डेढ वर्ष पूरा भयो । अब आउने मंसिरमा दुई वर्ष पूरा हुदैछ । संघ, प्रदेश र स्थानीय सरकारले नयाँ आर्थिक वर्षको लागि बजेट बिनियोजन गरिसकेको छ । त्यसको कार्यान्वयनका लागि बनाउनुपर्ने ऐन नियम तथा कानुन बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित छ । प्रदेश सभाले बनाउने कानुनहरुको काम पनि अगाडि बढेका छन् । जनताका गुनासा सुन्ने, उनीहरुको माग कार्यान्वयनका लागि पहल गर्ने कुरा त छँदैछ । मेरै निर्वाचन क्षेत्र काभ्रेको कुरा गर्दा पनि त्यहाँका युवा, किसानहरुको समस्या सम्बोधनका लागि पहल कदमी गर्ने काम म हरेक दिन गरिरहेकै छु ।

तीनै किसिमका सरकार गठन भएर काम गर्न थालेको डेढ वर्ष पुगिसकेको छ । तर, जनस्तरबाटै सरकारले अपेक्षाकृत काम गर्न सकिरहेको छैन भन्ने गुनासाहरु उठिरहेका छन् नि ? 

नेपालमा अनेक खालका बेथितिहरुले गर्दा हामीले लामो समयदेखि चाहना राखेका कुराहरु अपेक्षा अनुसार हुन सकिरहेका छैनन् भन्ने जनगुनासो सुनिरहेको छ । तर, त्यस्तो होइन । हामी नयाँ अभ्यासमा अभ्यासरत छौँ । हिजो एउटा राज्य व्यवस्था थियो । अहिले राज्य व्यवस्थाको संरचना बद्लिएको छ । कतिपय विधि विधान र ऐन नियमका कुरा मिलाउनका लागि, हामी नयाँ भएकाले यसमा अभ्यस्त हुन हामी लागिरहेका छौँ । अनुशासित समाज, कर्मचारीतन्त्र, राजनीतिज्ञ बनाउनका लागि हामी लाग्नुपर्छ । ऐन कानुनहरुलाई गती दिएर काम गर्नुपर्छ । हामीले निर्वाचनका बेलामा भनेका छौँ, पाँच वर्षमा प्रत्येक नागरिकका घरमा पिउने पानी पुर्‍याउनेछौँ । रोजगारी वृद्धि गरेर युवा पलायन रोक्ने कुरा गरेका छौँ । भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम गर्छौँ भनेका छौँ । यी कुराहरुलाई हामीले क्रमशः गर्दै गएका छौँ । तर प्रयाप्त भएको छैन । यसलाई गती दिनुपर्छ । हामीले आफ्ना प्रतिवद्धता अनुसार नै काम गरिरहेका छौँ ।

जनताको गुनासाप्रति हामी सँधै सकारात्मक हुनुपर्छ । उहाँहरुको विरोधका आवाजलाई सम्मान गर्नुपर्छ । राज्य र सरकारलाई सही दिशामा लैजानका लागि जनताले पनि एउटा पहरेदारको भूमिका निभाउनु पर्छ । तर, समाज पूरै नकारात्मक धारबाट मात्रै बग्यो भने त्यसले झन् गलत दिशातिर लैजान्छ ।

जनअपेक्षा पूरा गर्नका लागि अहिले सरकारको गती प्रयाप्त छ ?

छैन । यसलाई बढाउनुपर्छ । मैँले अघि पनि भनेँ, हिजो हामीले गरेका प्रतिवद्धतालाई पूरा गर्ने मात्रै होइन, यो राष्ट्र बनाउने पनि हामीले नै हो । त्यसका लागि इमान्दार पहल कदमी चाहिन्छ । यसको मतलब अहिले इमान्दारपूर्वक काम भएन भन्ने खोजेको होइन, मेरो मान्छे, उसको मान्छे भन्ने आधारमा होइन, राम्रो मान्छेलाई, योग्यता क्षमता भएका मान्छेहरुलाई काम गर्ने स्थानमा ल्याउनु पर्छ । हिजोको पञ्चायतकालीन प्रवृति र शैली नछाड्ने हो भने हामीले देश कसरी बदल्न सक्छौँ ? त्यसका लागि यो गतीले पुग्दैन । हाम्र तीनै तहका सरकारहरुबीच राम्रो कामका लागि प्रतिस्पर्धा हुन जरुरी छ । हामी सबैले आफ्नो काम गर्न सक्षम हुनुपर्छ । यदि त्यसो भएन भने हामी सरकारमात्रै होइन, देशलाई नै राम्रो बनाउन सक्दैनौँ ।

अब कसरी अगाडी बढ्ने त ?

सबैभन्दा पहिलो कुरा भनेको इमान्दारिता हो । नेतृत्व र जनता दुबैमा इमान्दारिता हुनु पर्यो । तबमात्र चाहेको समयमा विकास र समृद्धि हासिल गर्न सकिन्छ । आज गाउँमा डाक्टर, शिक्षक, इञ्जिनियर जान मान्दैनन् । लामोसमयको व्यथिती र विसंगतीले गर्दा मान्छेको मनोविज्ञाननै बद्लिएको छ । यी चिजलाई ठीक ठाउँमा ल्याउनका लागि नेतृत्व इमान्दार हनु आवश्यक छ । कुनै सोर्सैफोर्स होइन, मान्छेले आफ्नो क्षमता र योग्यताले भ्याएसम्म काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्यो ।  यस्तै कुनैपनि लक्ष्यमा पुग्नका लागि त्यसको स्पष्ट भिजन हुन आवश्यक छ । भन्ने एउटा गर्ने एउटा भयो भने त कहीँ पनि पुगिँदैन । एउटा सकारात्मक प्रणालीको विकास गर्न सकिएन भने हामी रुपान्तरण गर्न सक्दैनौँ ।