काठमाडौँ – एनआईसी एशिया बैंकले एकै दिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बूको सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरे । यस्तै कन्चनपुरको महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनीस्थित दोधारा चाँदनी शाखाको महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार तथा खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेलस्थित दिक्तेल शाखाको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरेका छन्।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।