काठमाडौँ – प्रभु बैंकले महोत्तरीको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले एक समारोहका विच उद्घाटन गरेका छन् । त्यसै गरी जलेश्वरस्थित मालपोत कार्यालय परिसरमा जलेश्वर मालपोत कार्यालय प्रमुख भुप बहादुर बोगटि र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


एक्स्टेन्सन काउण्टरबाट उपभोक्ताले गुणस्तरीय बैंकिङ सेवा प्राप्त गर्ने बैँकले जनाएको छ । प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।