काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले बाँकेमा भएको घटनालाई राजनीतिकरण नगर्न कांग्रेसलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री थापाले भने, ‘यसलाई राजनीतिकरण नगर्न म सम्बन्धित पक्षलाई आग्रह गर्दछु । यस्ता खालका कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गर्दछु ।’ उक्त कार्यक्रमको पूर्वजानकारी स्थानीय प्रशासनलाई नदिएपनि घटना घट्नासाथ प्रहरी घटनास्थल पुगेको बताए ।


ADVERTISEMENT

# # #


घटनामा संलग्नमध्ये बाँकेको खजुरा गाउँपालिका वडा नं १ बस्ने निर्मल खत्री, रोशन सिंह ठकुरी र लोकबहादुर शाहीलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको र अन्यको खोजी जारी रहेको बताए ।

कांग्रेसले भने घटनामा संलग्न नेकपाका कार्यकर्ता रहेको र सरकारले दोषी उम्काउन खाजेको कांग्रेसको आरोप छ ।

गत बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।